प्रदेश सरकार

लुम्बिनी प्रदेश

शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय

शिक्षा तालिम केन्द्र

मायादेवी - ८, रूपन्देही

पृष्ठभूमि

वि.सं. २०५० सालमा स्थापित शैक्षिक जनशक्ति विकास केन्द्र अन्तर्गत वि.सं. २०५३ सालमा प्राथमिक शिक्षकहरुलाई तालिम दिने उदेश्यले देशभर ९ वटा प्राथमिक शिक्षक तालिम केन्द्रको स्थापना भएको थियो। यसरी प्राथमिक शिक्षकहरुलाई तालिम दिदै आइरहेको प्राथमिक शिक्षक तालिम केन्द्रलाई वि.सं. २०६१ सालमा नाम परिवर्तन गरी शैक्षिक तालिम केन्द्र–क बनाइयो । वि.सं. २०६१ सालमै साविकमा रहेका माध्यमिक शिक्षा विकास एकाइ (सेडु) हरुलाई शैक्षिक जनशक्ति विकास केन्द्र मातहत रहने गरी २०– शैक्षिक तालिम केन्द्र–ख तथा ५–उपकेन्द्रका रुपमा पुर्नस्थापित गर्यो । वि.सं. २०७५ मा देश संघीय संरचनामा जाँदै गर्दा देशभर रहेका ९ वटा क शैक्षिक तालिम केन्द्रहरू र २० वटा ख शैक्षिक तालिम केन्द्रहरू मध्ये २ वटा क शैक्षिक तालिम केन्द्र र २० वटा ख शैक्षिक तालिम केन्द्रहरूलाई खारेज गरि ७ प्रदेशमा ७ वटा प्रदेश स्तरीय शिक्षा तालिम केन्द्र कायम गरियो ।

७ वटै प्रदेश मध्ये पश्चिमाञ्चल क्षेत्र एवं प्रदेश नं. ५ को लुम्बिनी अञ्चल, जिल्ला रूपन्देहीमा यो तालिम केन्द्र अवस्थित छ । प्रदेश सरकार, प्रदेश नं ५, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको यस शिक्षा तालिम केन्द्रले शिक्षक तालिम, अनुसन्धान एवं नीति निर्माणका लागि प्राविधिक अभ्यासका क्षेत्रमा थप योगदान र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

© सर्वाधिकार सुरक्षित शिक्षा तालिम केन्द्र, रूपन्देही
Powered By: PiT Group